नियम ८५
विवरणहरु जानकारीमा ल्याउनु पर्ने
विद्युतको उत्पादन, प्रसारण वा वितरणको कार्य शुरु गर्नु अघि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको नक्कल, विद्युत उत्पादन, प्रसारण वा वितरण गरिने क्षेत्रको नक्शा, विद्युत वितरणको सम्बन्धमा ग्राहक र अनुमतिपत्र प्राप्त व्यक्तिको बीचमा कायम हुने सम्बन्ध र अन्य शर्तहरु समेत सो लिएको विवरणहरु आफ्नो सम्बन्धित कार्यालयमा सर्वसाधारणले थाहा पाउने गरी राख्नु पर्नेछ ।